काठमाडौं–देशका अधिकांश भू–भागहरूमा तुवाँलो रहे पनि सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागको दाबी छ।
दिउँसो सुदूरपश्चिम प्रदेशका अधिकांभागसँगै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।
देशका केही पहाडी भू–भागमा अपराह्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।