न्यूयाेर्क- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रूसले यूक्रेनविरूद्ध कडा कदम चाले प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्। यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसले जथाभावी वा आक्रामक रूपमा प्रस्तुत भएमा यसको ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका हुन्।
‘अमेरिकी राष्ट्रपति जो वाइडेन यस बिषयमा बहुतै प्रस्ट हुनुहुन्छ । यूक्रेनविरूद्ध कडा कदम चालेमा यसको ‘परिणाम रूसले ठूलो मूल्य चुकाउनुपर्नेछ,’ आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा भने।
रूसले युक्रेनको दुई क्षेत्र डोनेट्स्क र लुगान्स्कमा कब्जा जमाएको छ। तर, युक्रेनलले लामो समयदेखि चलेको द्वन्द्व अझै वृद्धि हुने डर भएको भन्दै आक्रमण नगर्नेसमेत बताइसेको छ।
केही दिन पहिला मात्रै युक्रेनका सशस्त्र सेनाका जनरल प्रमुख रुसलान खोम्चकले रुसले सैन्य शक्ति देखाएर आफूहरुलाई तर्साउन खोजेको र ब्ल्याकमेल गरेको आरोप लगाएका थिए।
‘युक्रेनलाई सम्पूर्ण देशले समर्थन गरेको छ। हामी दुश्मनको अगाडि एक्लो छैनौं,’ खोम्चकले भनेका थिए। अमेरिकाले पनि उनकै भाषालाई पुनः दोहर्याएको छ।
‘मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।