सिओल- दक्षिण कोरियाले ३० देखि ६० वर्ष उमेर समूहका सबै योग्य व्यक्तिलाई एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ।
युरोपियन मेडिसिन एजेन्सीले एस्ट्राजेनेकाको खोप लगाएका व्यक्तिको मष्तिष्कमा रगत जम्ने रिपोर्ट सार्वजनिक गरेसँगै दक्षिण कोरियाले ६० वर्ष भन्दा कम उमेरकालाई खोप दिन प्रतिबन्ध लगाएको थियो।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले सोमबारदेखि एस्ट्राजेनेका खोपको लगाउन पुनः सुरु गरिने जानकारी दिएको हो।
यद्यपि यो खोप ३० वर्षभन्दा मुनिकालाई दिइने छैन। ‘यो खोप ३० वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई दिइने छैन,’ विज्ञप्तिमा भनिएको छ।
यता बेलायती अधिकारीहरूले पनि ३० वर्षभन्दा मुनिकालाई वैकल्पिक रुपमा खोप दिन सिफारिस गरेका थिए।
दक्षिण कोरियामा संक्रमणदर हाल तीव्रगतिमा वृद्धि भएको छ। आइतबार ६७७ संक्रमण फेला परेका थिए। योसँगै संक्रमितको कुल संख्या १ लाख ९ हजार ५५९ पुगेको छ र १ हजार ७७८ को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।