फाइल तस्बिर।
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण पूर्वीय दर्शन, धर्म र सनातन संस्कारमा ह्रास आएको बताएका छन्। उनले अब सबैले धर्म र संस्कृतिको रक्षा गनुपर्ने बताए।
भारतको हरिद्ववारमा जारी महाकुम्भ मेलामा उनले मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुपर्ने बताए। ‘अब हामीले हाम्रो धर्म बचाउनुछ, हाम्रो संस्कृतिको रक्षा गर्नुछ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नुछ’, उनले भने, ‘हाम्रा गंगा, नदीहरूको प्रवाह स्वच्छ पार्नुछ। भगवान रामले भनेको ‘अपि स्वर्ण मणि लंका न मे लक्ष्मण रोचति जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने सद्युक्तिको ख्याल हामीले राख्नै पर्दछ।’
जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदुषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा यस्ता कुम्भ मेलाको औचित्य अर्थपूर्ण रूपमा बुझ्न सकिने उनले बताए।
यस्तो छ उनको सम्बोधनको पूर्णपाठ :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।