लण्डन- राजकुमार फिलिप 'द ड्यूक अफ एडिनबरा'को अन्त्येष्टिमा उनकाे नातिनी बुहारी मेगन म्याक्रोन उपस्थित नहुने भएका छन्।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको यही अप्रिल १७ मा स्थानीय समय अनुसार दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा अन्त्येष्टि गरिँदै छ।
कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।
बकिङ्घम प्यालेसले बनाएकाे सूचीमा राजकुमार ह्यारीकाे नाम भएपनि उनकी श्रीमती मेगनकाे भने नाम रहेकाे छैन।
प्यालेस स्राेतका अनुसार मेगनले दाेस्राे बच्चा जन्म दिन लागेकाेले उनी अन्त्येष्टि सभामा उपस्थित नहुन लागेकी हुन्। उनलाई यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएकाे बताइन्छ।
गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रियामार्फत उवको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।
उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।
दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उनलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उजको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।
सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।