साङ्केतिक तस्बिर
काठमाडौं- राजधानीको शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ। दमकलबाट मात्र आगो नियन्त्रण गर्न सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरिएको हो।
निकुञ्जअन्तर्गत बूढानीलकण्ठ माथिको क्षेत्रबाट लागेको डढेलो नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए। डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरिरहेको उनले बताए।
एसएसपी सिंहका अनुसार डढेलो अझै नियन्त्रणमा आइसकेको छैन। डढेलो नियन्त्रणका लागि तीनवटै सुरक्षाफौजबाट जनशक्ति परिचालित भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।