मुम्बई- भारतमा दुई दिनमा १० आतंकवादी मारिएका छन्। घटनामा ५ भारतीय जवान पनि घाइते भएका छन्।
भारतीय सेनाका अनुसार दक्षिणी कस्मिरको सोपिया, पुलवामा र अनन्तनागमा भएको कारवाहीमा ती आतंकवादीहरुको मृत्यु भएको हो।
सोपियाको चौगाम इलाकामा शुक्रबार पाँच जना कारिएका थिए श्रीनगरका सैन्य प्रवक्ता एमरान मोस्वीकाले भने, यता पुलवामाको नाइबुग इलाकामा दुई चरमपन्थी मुठभेडमा मारिए।
घटनामा ५ भारतीय जवान पनि घाइते भएका छन्। सोपियाको चौगाममा मारिएका चरमपन्थी हिज्बुल र लक्सरे–तैयबसँग सम्बन्धित रहेकाे बताइन्छ।
यस्तै, सोपियाको हाडीपोरामा समेत शनिबार सेना र आतंकवादीबीच गोली हानाहान भएको थियो। घटनामा ३ चरमपन्थीको ज्यान गएको छ। उक्त भिडन्त आइतबार दिउँसो सकिएको छ ।
जम्मु-कश्मीरको प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत अनन्तनागको सिमथान क्षेत्रमा शनिबार साँझ भिडन्त शुरु भएको बताएको थियो। अहिलेसम्म यो भिडन्तको विषयमा जानकारी नआए पनि भिडन्त भइरहेको स्थानबाट धेरै हतियार पनि बरामद गरिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।