अम्मान- नजरबन्दमा राखिएका भनिएका जाेर्डनका पूर्वराजकुमार हमजा बिन हुसैन पहिलाेपटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।
जाेर्डन स्वतन्त्र भएकाे १०० वर्ष पूरा भएकाे अवसरमा आयाेजना गरिएकाे कार्यक्रमा उनी देखिएका हुन्। सरकारी मिडियाले आइतबार उनलाई आफ्ना साैतेनी भाइ अब्दुल्लाह द्धितियसँगै देखाएकाे हाे।
उनीहरुलाई अज्ञात सैनिकको स्मारकमा माल्यार्पण गर्दै गरेकाे देखाएकाे थियाे। हमजालाई अप्रिल ३ मा नजरबन्दमा राखिएकाे थियाे।
‘उनीहरूले मलाई तपाईं बाहिर जान सक्नुहुन्न, ट्वीट गर्न सक्नुहुन्न, अन्य मानिससँग कुराकानी गर्न सक्नुहुन्न र केवल तपाईको परिवारसँग मात्र रहनसक्नुहुन्छ भनिएको छ,’ उनले ट्वीटरमा पोस्ट गरेकाे अडियो रेकर्डिंगमा भनिएको छ,‘म तत्काल कुनै चाल चाल्न वा द्वन्द्वलाई बढावा दिन चाहन्न तर, म यो आज्ञापालन गर्ने छैन।
हुसेन र अब्दुल्लाह सौतेनी आमाका छोरा हुन्। उनले नै हमजालाई ‘राज्यको सुरक्षालाई अस्थिर तुल्याउने’ देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाएका छन्। हमजालाई नजरबन्दमा राखिएको छ भने उनको निकट मानिने कम्तिमा १६ जनालाई हिरासतमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।