पेरिस- फ्रान्सेली सांसदहरूले छोटो घरेलु उडानहरूमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेका छन्। सरकारले कार्बन उत्सर्जन कम गर्न ल्याएको विधेयक माथिल्लो सदनबाट शनिबार मतदानमार्फत पारित गरिएको हो।
तल्लो सदनमा तेस्रो तथा अन्तिम मतदान हुनुअघि विधेयक सिनेटमा जान्छ, जहाँ राष्ट्रपति इमानुएल म्याक्रोनको सत्तारूढ पार्टी र सहयोगीहरूले प्रभुत्व जमाउँछन्।
सांसदहरुले साढे दुई घण्टाभन्दा कमको यात्रा रेलबाटै गर्न सकिने समेत बताएका छन्। यो कदम बृहत्तर जलवायु विधेयकको एक हिस्सा हो, जुन २०३० सम्ममा कार्बन उत्सर्जन१९९० को स्तरबाट ४ प्रतिशतले कटौती गर्ने लक्ष्य राखिएको छ।
यद्यपि, सांसदहरुले राष्ट्रपति म्याक्रोनले मस्यौदा कानुनमा अघिल्लो प्रतिज्ञा तोडेको आरोप लगाएका छन्। यसअगाडि मौसम नीतिलाई सहयोग पुर्याउन स्थापना गरेको नागरिकको फोरमले रेल यात्रा ४ घण्टाभन्दा कम भएको मार्गमा उडानहरू प्रतिबन्ध गर्न आह्वान गरेको थियो।
उद्योगमन्त्री एग्नेस पन्नीयर रुनाचरले विमान सेवाबाट वातावरणमा हुने प्रदूषणको खण्डन गरेकी छिन्।
‘महामारीको स्थितितमा केही घरेलु उडानहरू प्रतिबन्ध गर्ने समय होइन हामीलाई थाहा छ उड्डयन कार्बन डाइअक्साइडको योगदानकर्ता हो र मौसम परिवर्तनका कारण हामीले उत्सर्जन घटाउनु पर्छ,’ उनले युरोप एक रेडियोलाई बताइन्।
केही वातावरणीय अभियानकर्ताहरूले यो प्रतिबन्ध लामो समयसम्म नजाने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।