न्यूयाेर्क- अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक डोज लगाउनेकाे संख्या ११ करोड ७१ लाख नाघेकाे छ।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अहिलेसम्म १८ करोड ३४ लाख डोज कोरोना खोप दिइएको छ। जसमध्ये सात करोड ६ लाखभन्दा बढीले पूरा डोज लिइसकेका छन्।
अमेरिकामा फाइजर र मोडेर्नाको खोप दिइँदै आएकाे छ। फाइजरकाे खाेप दुई डाेज लगाउनुपर्छ भने माेडेर्नाकाे खाेप एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनले जनाएकाे छ।
राष्ट्रपति जो वाइडेनले सबै वयस्क नागरिकले आगामी अप्रिल १९ देखि कोरोना विरुद्धको खोप पाउने घोषणा गरेका छन्। यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए।
उनले कोरोना महामारी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन्। अमेरिकामा खाेप अभियान शुरु भएकाे १ सय दिनभित्र २० करोड खोप दिइसक्ने लक्ष्य उनकाे थियो।
गत जनवरी महिनामा अमेरिकामा कोरोना संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुगे पनि त्यसयता भने नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ।
यता राष्ट्रपति वाइडेनले आगामी मे महिनासम्ममा अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।