काठमाडाैं–भारतमा काेराेना संक्रमण तीव्ररुपमा वृद्धि हुन थालेपछि दिल्ली सरकारले शनिबार केही क्षेत्रमा प्रतिबन्ध घाेषणा गरेकाे छ। दिल्ली सरकारले सामाजिक, राजनीतिक, खेल र मनाेरञ्जनसँग जाेडिएका सार्वजनिक गतिविधि राेक लगाउने निर्णय गरेकाे हाे।
मुख्यमन्त्री अरवीन्द केजरीवाल सरकारले संक्रमणकाे दाेस्राे लहर राेक्न प्रतिबन्ध घाेषणा भएकाे बताएकाे छ। भारतमा केही दिनयता दैनिक १ लाखकाे दरमा नयाँ काेराेना संक्रमित फेला पर्न थालेका छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा सहभागी हुनेबाहेक अन्य व्यक्तिले कुनैपनि स्विमिङ पुल प्रयाेग गर्न अनुमति पाउने छैनन्। विवाहमा ५० र अन्तिम संस्कारमा २० भन्दा धेरै व्यक्ति सहभागी हुन पाउने छैनन्। हाेटल तथा रेष्टुरेन्टमा ५० प्रतिशत सिटमात्र प्रयाेग गर्न पाइन्छ। त्यसैगरी, सबै कलेज र काेचिङ सेन्टर बन्द रहनेछन्।
बस र मेट्राेमा ५० प्रतिशतमात्र यात्रु राख्न पाइनेछ। हवाइ यात्रामार्फत महाराष्ट्रबाट दिल्ली आउनेले आरटी-पीसीआर नेगेटिभ भएकाे रिपोर्ट अनिवार्य ल्याउनुपर्ने छ। बिना रिपोर्ट आएमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियमसमेत दिल्ली सरकारले बनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।