काठमाडौं–जल तथा मौसम विज्ञानका अनुसार आज सामान्यतया मौसम सफा रहनेछ।
स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम सफा छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागको दाबी छ।
अपराह्नतिर केही पहाडी भूभागमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य भूभागको मौसम भने सफा रहने विभागको दाबी छ।
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।