दुबई- बहराइन सरकारले जेलमा रहेका दर्जनौंलाई कैदीबन्दीहरुलाई रिहा गर्ने भएकाे छ। कोराेना महामारी फैलिरहेकाे स्थितिमा जेलमा रहेका कैदीहरू असुरक्षित भएकाे भन्दै आफन्तहरूले विरोध जनाएपछि उनीहरुलाई रिहा गरिन लागिएकाे हाे।
बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ। उक्त योजना अन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्याएर रिहा गरिनेछ।
रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ। उनले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।