मुम्बई- पञ्जाव सरकारले पञ्जाव जेल विकास बोर्डको स्वामित्वमा १२ स्थानमा पेट्रोल पम्प स्थापना गर्न दिने भएकाे छ।
यसबाट पञ्जाव सरकारले ४० लाख रूपैयाँ राजस्व प्राप्त गर्ने जनाइएकाे छ। नवभारतका अनुसार उक्त पम्पमा ४० कैदीबन्दीहरुलाई राेजगारी दिइनेछ।
मुख्यमन्त्री बोर्डका सदस्य सचिव तथा अतिरिक्त पुलिस महानिर्देशक प्रवीण सिन्हाका अनुसार राम्रो ब्यवहार गर्नै कैदीबन्दीहरुलाई राेजगारी दिन लागिएकाे हाे। जसमा महिला कैदीबन्दीहरुलाई प्राथमिकता दिइने बताइएकाे छ।
पञ्जाव सरकारले जारी गरेको विज्ञप्ति अनुसार पम्प भारतीय आयल कम्पनीले चलाउने छ। पञ्जाव सरकारले पम्पलाई कारागार प्रशासनको अधीनमा ल्याउने निर्णय गरेको छ।
जेलमा रहेका कैदीबन्दीहरुले हाल सिट, टावल, फर्निचर, स्टेशनरी, साबुन र सेनिटाइजर बनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।