दियाद- साउदी अरेबिया सरकारले तीन सैनिकलाई मृत्युदण्ड दिएकाे छ। रक्षा मन्त्रालयका अनुसार देशद्रोहकाे अभियोगमा दोषी ठहरिएका उनीहरुलाई शनिबार मृत्युदण्ड दिइएकाे हाे।
सरकारी संस्था साउदी प्रेस एजेन्सीले ती सैनिक रक्षा मन्त्रालयमा काम गर्ने सिपाही रहेकाे जनाएकाे छ। उनीहरुले राज्यका शत्रुहरूलाई कसरी सहयोग गरे भन्ने बारे खुलाइएकाे छैन। यद्यपि विशेष अदालतले दाेषी ठहराएपछि उनीहरुलाई मृत्युदण्ड सुनाएकाे हाे।
शनिबार मृत्युदण्ड दिइने ती सैनिकहरु यमनको सिमानामा पर्ने दक्षिणी प्रान्तमा इरान समर्थित हुथी लडाकूहरुविरुद्ध छ वर्षभन्दा बढी समयदेखि युद्ध लड्दै आएका थिए।
सन् २०१८ मा इस्तानबुल वाणिज्य दूतावासमा पत्रकार जमाल खाशोग्जीको हत्या भएपछि साउदी अरेबियामाथि छानबिन जारी छ।
एम्नेस्टी इन्टरनेसनललगायत मानव अधिकार समूहहरूले साउदी अरेबिया सरकारलाई यातना, अन्यायपूर्ण मुद्दा र मृत्युदण्डको सजाय रोक्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।