काठमाडाैं- नेपाल पत्रकार महासंघको आगामी नेतृत्व छान्न भएको निर्वाचनको मतगणना जारी छ। शनिबार बिहानसम्मको मतगणनाअनुसार अध्यक्षमा विपुल पोख्रेल विजयी हुने लगभग निश्चित देखिएको छ।
कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्रनिकट प्रेस सेन्टर, एमालेनिकट प्रेस चाैतारीको माधवकुमार नेपालपक्षलगायत संगठनको गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी निर्मला शर्मामाथि करिब दुई हजार ३०० मतको अग्रता बनाएका छन्।
६० जिल्ला, प्रतिष्ठान र एसोसिएट प्रदेशबाट प्राप्त मतको प्रारम्भिक विवरणअनुसार पोख्रेलले पाँच हजार ३३१ मत प्राप्त गर्दा शर्माले तीन हजार ४० मत पाएकी छिन्। स्वतन्त्र उम्मेदवार गजेन्द्र बुढाथोकीले जम्मा ३८८ मत पाएका छन्। उम्मेदवारी फिर्ता लिइसकेका रामप्रसाद दाहाललाई पनि ८७ जनाले मत हालेका छन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा पाँच हजार १६४ मतसहित रमेश विष्टले अग्रता लिएका छन्। महिला उपाध्यक्षमा बाला अधिकारी पाँच हजार ५४८ मतसहित अगाडि छिन्। समावेशी उपाध्यक्षमा उदय जीएमले चार हजार ६३९ मतका साथ अग्रता कायम गरेका छन्।
महासचिवमा पोख्रेल प्यानलकै रोशन पुरी अगाडि छन्। उनले चार हजार ७६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी बालकृष्ण बस्नेतले तीन हजार नाै मत पाएका छन्। कार्यसमितिको अधिकांश पदमा पोख्रेल प्यानलकै उम्मेदवारहरु अगाडि देखिएका छन्।
कसले कति मत पाए?
(६० जिल्ला, प्रतिष्ठान र एसोसिएट प्रदेशबाट प्राप्त मत)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।