काठमाडौं- शनिबार (आज) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दिनभर बिजुली काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा आज दिनभरजसो बत्ती हुने छैन।
शनिबार बानेश्वर वितरण केन्द्रको साँखु फिडरअन्तर्गत पर्ने सरस्वतीनगर, भृकुटीचोक, मुगु गुम्बा, रामहिटी, तिनचुली चोक, भुवल डाँडा, बौद्व फूलबारी, आरुबारी चोक, मेलम्ची खानेपानीको ट्याङ्की, माइती नेपाल, सन्डोल र नयाँपाटीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन। यी स्थानहरुमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती काटिनेछ।
त्यस्तै कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडरअन्तर्गत पर्ने शुभकामना स्कूलदेखि कीर्ति कोलनीसम्मको ११ केभी लाइन सुधार गर्नका लागि भन्दै सो क्षेत्रमा विद्युत आपूर्ति हुने छैन। शनिबार दिउँसो ११ बजेदेखि चार बजेसम्म उक्त फिडरअन्तर्गत कीर्ति कोलनी र कार्की गाउँको केही भागमा विद्युत् अवरुद्ध हुनेछ।
कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, पाँगा र टौदह क्षेत्रमा पनि बत्ती हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।