कीव- रुसले सैन्य शक्ति देखाएर आफूहरुलाई तर्साउन खोजेको र ब्ल्याकमेल गरेको युक्रेनले आरोप लगाएको छ।
युक्रेनका सशस्त्र सेनाका जनरल प्रमुख रुसलान खोम्चकले उक्त आरोप लगाएका हुन्। ‘युक्रेनलाई सम्पूर्ण देशले समर्थन गरेको छ। हामी दुश्मनको अगाडि एक्लो छैनौं,’ खोम्चकले भने।
यस्तै युक्रेनले रूसले कब्जा गरेको दुई क्षेत्र डोनेट्स्क र लुगान्स्कमा आक्रमण नगर्नेसमेत बताएको छ। लामो समयदेखि चलेको द्वन्द्व अझै वृद्धि हुने डर भएको भन्दै युक्रेनले सो निर्णय गरेको हो।
युक्रेनी सेना र केही रुस समर्थित पृथककतावादीहरुबीच झगडा भएपछि रूसी सेनाले ती क्षेत्र नियन्त्रणमा लिएको छ। ‘बलपूर्वक अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको स्वतन्त्रताले ठूलो संख्यामा आम नागरिकको ज्यान लिनेछ र सेनामा हताहत हुनेछ,’ उनले भने।
यसभन्दा पहिले शुक्रबार रुसले पूर्वी युक्रेनमा फेरि द्धन्द्ध हुने खतरा रहेको भन्दै त्यहाँका नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको थियो। रूसी राष्ट्रपति भ्यादिमीर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले एक विज्ञप्तिमा भनेका छन्,‘युक्रेनमा गृहयुद्ध फेरि सुरु हुनसक्ने डर छ र यदि गृहयुद्ध भयो भने खतरामा पर्ने सिमाना नजिक सैन्य कारवाही फेरि सुरु हुन्छ।’
रुसले ती क्षेत्रलाई घेरा हालेपछि पूर्वी युक्रेनमा पहिलो पटक रूसी सेनाको संख्या अहिले २०१४ पछि सबैभन्दा बढी भएको ह्वाइट हाउसले बिहीबार भनेको छ। यता युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले बिहीबार पूर्वी ‘फ्रन्ट लाइन’को भ्रमण गरेका छन्। जहाँ उनले रात बिताए।
‘हाम्रो देशको भाग्य यहाँ निर्धारण गरिएको छ,’ जेलेन्स्कीले फेसबुकमा भने। यता उनको कार्यालयले सामाजिक सञ्जालमा उनलाई हेलमेट र बुलेटप्रुफ वेस्ट लगाए सैनिकहरूसँग हात मिलाउँदै गरेको देखाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।