• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बर्मेली सेना भन्छ- शान्ति चाहने जनताकाे कारण प्रदर्शन घट्दै गएकाे छ

64x64
नेपाल लाइभ शुक्रबार, चैत २७, २०७७  २०:०५
1140x725

रंगुन- म्यानमार जनताले शान्ति चाहेका कारण पछिल्लो दिनहरुमा प्रदर्शन कम हुँदै गइरहेको जुुन्ता सरकारले दावी गरेकाे छ। सेनाले प्रवक्ता तथा ब्रिगेडियर जनरल ज्वा मिन तुनले राजधानी नेपिडोमा एक पत्रकार सम्मेलन गर्दै पछिल्लो दिनमा प्रदर्शनमा कमी आएको जानकारी दिएका हुन्।

‘शान्ति चाहने जनताहरुको सहयोगका कारण विरोध प्रदर्शनमा कमी आइरहेको छ। जसलाई हामीले महत्वका साथ हेरिरहेका छौं,’  उनले भने, ‘हामी र सुरक्षा फौजलाई सहयोग गर्न सबैसँग आग्रह गर्दछौं।’

उनले अब म्यानमार सामान्य स्थितिमा फर्किनेसमेत जानकारी दिए। ‘सरकारी निकायहरु र बैंकहरूले चाँडै नै पूर्ण रुपमा सुचारु गर्नेछन्,’ उनले भने। यस्तै उनले दुई वर्षभित्र चुनाव गराएर सत्ता हस्तान्तरण गर्नेसमेत बताए। 

गत फेब्रुअरी १ मा बर्मेली सेनाले ‘कू’ गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि निरन्तर प्रदर्शन हुँदै आएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार जारी प्रदर्शनका क्रममा ४८ बालबालिका सहित ६१४ भन्दा बढीको मृत्यु भएको छ। यस्तै २८ सयभन्दा बढी पक्राउ परेको जनाइएको छ।

यता मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएको छ। 

‘यी संख्या योभन्दा बढी हुन सक्छ। सयौं मानिसहरू म्यानमारमा विद्रोह सुरु भएदेखि बेपत्ता छन्। उनीहरुलाई जुन्ता सरकारको आदेशपछि बलपूर्वक बेपत्ता पारिएको हो,’ एचआरडब्ल्यूले भनेको छ। 

तर, सेनाले ती दावीहरु अस्वीकार गरेको छ। ‘जारी प्रदर्शनमा २४८ जनाको मृत्यु भएको छ र १९ सुरक्षा फौजका अधिकारीहरु पनि मारिएका छन्,’  प्रवक्ता तुनले भने।

यता केही देशहरुले जुन्ता सरकारले शान्तिपूर्ण आन्दोलनमा पनि सेनाले व्यापक दमन गरेको भन्दै मुलुकमा गृहयुद्ध निम्तनसक्ने चेतावनी दिएका छन्। म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समूह टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले सेनाले जनतालाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनीसमेत दिइसकेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, उनले प्रदर्शनकारीहरुमाथि स्वचालित हतियारहरू प्रयोग नगरेको समेत दावी गरेका छन्। यता १८ देशका राजदूतहरूले म्यानमारमा प्रजातन्त्रको पुनःस्थापनाका लागि संयुक्त विज्ञप्ति जारी गरेका छन्। 

‘बर्मेली जनताको साहस र हिम्मत देखेर हामी गदगद भएका छौं।  स्वतन्त्र, न्यायिक, शान्तिमय र प्रजातान्त्रिक म्यानमारमा विश्वास गर्ने सबैको आशा र आकांक्षालाई समर्थन गर्न सँगै हामी एकसाथ उभिएका छौं। हिंसा रोक्नु पर्दछ, सबै राजनीतिक बन्दीहरुलाई रिहा गर्नुपर्दछ र प्रजातन्त्र पुनःस्थापित गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।  

उक्त वक्तव्यमा संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण कोरिया, स्विजरल्याण्ड र युरोपियन देशका राजदूतहरूले हस्ताक्षर गरेका थिए।

‘छिमेकी, ठूला देशहरू र शक्तिशाली राजनीतिज्ञको सल्लाहहरू हामी अनुशरण गर्दै आइरहेका छौं। उनीहरू सबैलाई सम्मान गर्दछौं,’ प्रवक्ता तुनले भने। उनले आङ साङ सु ची नेतृत्वको नेश्नल लिग फर डेमोक्रेसीका सदस्यहरू विदेशीको लहडमा चलेको समेत आरोप लगाए। 

‘देश जलाउन उनीहरुको भूमिका महत्वपूर्ण छ। विरोध प्रदर्शन गर्न विदेशीले आर्थिक सहयोग जुटाइरहेका छन्,’ उनले भने। उनले अन्तर्राष्ट्रिय समुदायका केही सदस्यले सैन्य सरकारलाई मान्यता नदिएको भन्ने आरोप अस्वीकारसमेत गरे। 

‘हामी विदेश देशहरूसँग मिलेर काम गरिरहेका छौं र छिमेकी देशहरूसँग मिलेर काम गरिरहेका छौं,’ प्रवक्ता तुनले भने। अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन्। 

चीनले पनि म्यानमारको अवस्थालाई ध्यानमा राख्दै एसियन देशहरूको बैठक आह्वान गर्न अनुरोध गरेको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुदन किराँतीले छोडे प्रलोपा
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट
सम्बन्धित सामग्री
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिहरूको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ। मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिने तयारीमा रहेको अवस्थामा नयाँ शान्ति वार्ता हुने वा नहुने अन्योल कायम छ । पाकिस्ता... मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा एप्पलले २०२६ सेप्टेम्बर १ देखि टिम कुकलाई कम्पनीको निर्देशक बोर्डको कार्यकारी अध्यक्ष बनाउने घोषणा गरेपछि उनले राजीनामा दिएका हुन्। मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
पोल्यान्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ बुधबार, वैशाख ९, २०८३
सुदन किराँतीले छोडे प्रलोपा बुधबार, वैशाख ९, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
वार्ताका लागि युद्धविरामको अवधि थप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी, कसलाई कुन क्षेत्र ? मंगलबार, वैशाख ८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, वैशाख ८, २०८३
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय (सूचीसहित) मंगलबार, वैशाख ८, २०८३
रास्वपा सभापति लामिछानेकाे सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्