काठमाडाैं- बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू-भागहरूमा मेघगर्जन/चट्टयाङ्गसहित वर्षा गराउने बादल बिकसित भइरहेको जल तथा मौसम पुर्वानुमान विभागले जनाएको छ।
विभागका अनुसार साँझ र राती प्रदेश नं १, बागमती प्रदेश, प्रदेश नं २ र गण्डकी प्रदेशमा मेघगर्जन/चट्टयाङ्ग, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।
स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभाव रहेकाले केही क्षेत्रको मौसम प्रभावित हुने देखिएको मौसमविदले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।