काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। चेम्बरको शुक्रबार सम्पन्न ७०औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
चेम्बरको ५५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन्। उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्।
कार्यसमितिका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहणसमेत गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।