नैरोबी- केन्याको उच्च अदालतले दुई शरणार्थी शिविरलाई अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ। बिहीबार अदालतले दाद्दाब र काकुमामा रहेका दुई शिविरलाई ३० दिनका लागि बन्द गर्न आदेश दिएको हो।
यी शिविरमा ४ लाख शरणार्थीहरु बसोबास गर्दै आएका थिए। अदालतको यो निर्णयविरुद्ध जाने स्थानीय राजनीतिज्ञहरुले चेतावनी दिएका छन्।
मार्च २४ मा केन्याका आन्तरिक मन्त्री फ्रेड माटियाङीले दाद्दाब र काकुमामा शिविरहरू बन्द गर्ने सरकारी योजनाको घोषणा गरेका थिए। तर, संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी (यूएनएचसीआर)लाई दुई साता यो निर्णय स्थगन गर्न आग्रह गरेको थियो।
मन्त्रालयले यसलाई अल्टिमेटम मानेको थियो र थप वार्ताको लागि कुनै स्थान नदिने चेतावनी दिएको थियो।
मार्चमा यूएनएचसीआरले जसलाई सुरक्षाको आवश्यकता छ ती व्यक्तिलाई यहीँ बस्न दिन र वार्तामा बस्नसमेत सरकारलाई आग्रह गरेको थियो। तर, सरकारले यसलाई अस्वीकार गरेको छ।
सरकारी यो कदमले केन्यामा शरणार्थीहरूको संरक्षणमा असर पार्ने यूएनएचसीआरले चेतावनी दिएको छ।
‘यस निर्णयले केन्यामा शरणार्थीहरूको संरक्षणमा असर पार्नेछ, साथै कोरोना महामारीको सन्दर्भमा खतरा पार्छ,’ यूएनएचसीआरले एक विज्ञप्तिमा भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।