लण्डन- बेलायती प्रहरीले १६ हजार फेसबुक खाता बन्द गरेको छ। विभिन्न उत्पादन र सेवाहरू बेच्ने एकाउन्टहरुलाई बन्द गरिएको हाे।
बेलायतले यस अगाडि पनि फेसबुकमाथि कडाइ गर्दै आएको थियो। ‘विभिन्न उत्पादन र सेवाहरू बेच्ने एकाउन्टहरुलाई बन्द गरिएको हो। जसले फेक रिभ्यू दिएर सामानहरु बेचिरहेका थिए,’ प्रहरीले भनेको छ।
यता, फेसबुकले पनि भुक्तानी गरिएको सामग्री पत्ता लगाउन र हटाउनको लागि थप फिचरहरु परिवर्तनहरू गरेको छ।
‘हाम्रो प्लेटफर्ममार्फत ग्राहकलाई झुक्काउनले कारवाही गर्न फिचरहरु थप गरेका छौं। जुन फिचर लोकप्रिय फोटो सेयरिङ एप इन्स्टाग्रामसहित अन्य प्लेटफर्ममा उपलब्ध हुनेछ,’ फेसबुकले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।