कैलाली - नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। बुधबार भएको चुनावमा प्रतिद्वन्द्वी श्रवण देउवा र सुशील ढुङ्गानालाई पराजित गर्दै जोशी विजयी भएका हुन्।
यस्तै उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा,सचिवमा प्रेम चौधरी, सह सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद जैशी निर्वाचित भएका छन्।
सदस्यहरुमा क्रमश: कैलाश जाेशी, दिपकप्रसाद उपाध्याय, रतनलाल चाैधरी, नेत्रप्रसाद जैशी, सुनिल आउजी, नवराज पनेरु, अंकुशबहादुर कुँवर, शंकर बोहरा र कृष्णप्रसाद ओझा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।