काठमाडौं–कोरोना विरुद्धको खोप (भ्याक्सिन) लगाएका विदेशी पर्यटकले कतार प्रवेश गर्दा क्वारेन्टिन बस्न नपर्ने भएको छ।
खोप लगाएएर कतार प्रवेश गर्न चाहनेलाई होटेल क्वारेन्टिन बस्न नपर्ने नियम जारी गरेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
क्वारेन्टिनको छुट प्राप्त गर्न फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसनमध्ये कुनै खोप लगाएको हुनुपर्ने बताइएको छ।
त्यसैगरी, खोप लगाएको १४ दिन पुगीसकेको हुनुपर्ने र खोप लगाएको आधिकारिक प्रमाणसहित आउनुपर्ने बताइएको छ।
यसअघि कतारमै खोप लगाएकालाई मात्र यो सुविधा उपलब्ध थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।