बर्लिन- कोरोना भाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई नगर काउन्सिलले निलम्बन गरेको छ। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएपछि उनलाई निलम्बन गरिएकाे हाे।
जर्मनीको मध्य सहर हेलेको ६४ वर्षीय मेयर बनार्ड वाइगान्डले जनवरीमा आफूले खोप लगाएकाे स्वीकारेका छन्। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएकाे बताइन्छ।
अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेका छन्।
निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपकोे अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू खोप लगाएको बाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।