काठमाडाैं- अफ्रिका काेराेनारूद्ध विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएकाे छ।
अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम रहेकाे बताएकी हुन्।
‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको जानकारी गराइन्।
डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्क अनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ। अफ्रिकामा कूल ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने एक लाख १४ हजार सङ्क्रमितको मृत्यु भएको छ।
विश्वव्यापीरूपमा हेर्ने हो भने अहिलेसम्म कूल २९ लाख विरामीको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।