एल जेनैना- सुडानको पश्चिमी डार्फुर क्षेत्रमा भएकाे जातीय झडपमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ। गत शनिबारदेखि मसालाइट र अरब समुदायका सदस्यहरूबीच शुरु भएकाे जातीय झडपमा परी उनीहरुकाे मृत्यु भएकाे हाे।
सुडानकाे राजधानी एल जेनैना र त्यस वरपरका क्षेत्रमा एक पावर स्टेशन ध्वस्त भएको छ, एम्बुलेन्स र अस्पतालमा क्षति पुगेकाे जनाइएकाे छ। सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।
'स्वास्थ्यकर्मीहरूले दिएको विवरणअनुसार झडपमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ,' चाडको सीमावर्ती क्षेत्रस्थित सुडानी एक राज्यका गभर्नर मोहम्मद अब्दुल्लाह डौमाले खार्तुमले भने ।
उनले छिमेकी देश चाड र लिबिया पार गरेको र भारी हतियारहरू प्रयोग गरेका मिलिशिया लडाकुले जातीय द्धन्द्ध फैलाएकाे आराेप लगाए। संयुक्त राष्ट्र संघका अनुसार जातीय द्धन्द्ध फैलाएपछि हजारौं नागरिक घरबार छाडेर भागेका छन्।
सुडानमा मसालाइट र अरब समुदायबीच झडप हुँदै आएकाे छ। यसअघि जुनवरीदेखि भएकाे झडपको १ लाख मानिसहरूलाई आफ्नो घर छोडेका थिए।
अप्रिल २०१९ राष्ट्रपति उमर अल बशीरको पतन भएपछि सुडानमा नयाँ सरकार बनाइएकाे छ। संरकारले विद्रोही समूहहरूसँग शान्ति स्थापना गर्न जोड दिइरहेकाे छ।
राष्ट्रसंघका अनुसार २००३ मा शुरू भएको गृहयुद्धले डार्फुर क्षेत्रलाई तहसनहस पारेको छ। ३ लाखभन्दा बढि मारिका छन् भने २ लाख ५० हजार विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।