कोलम्बो- श्रीलंकाली सरकारले इस्लामिक स्टेट (आईएसआईएस) र अलकायदालगायत ११ इस्लामिक कट्टरपन्थी संगठनलाई प्रतिबन्ध लगाउने घाेषणा गरेकाे छ। बुधबार अटर्नी जनरल डप्पुला डे लिभ्राले प्रतिबन्ध लगाउन लागेकाे जानकारी दिएका हुन्।
'अलकायदा र आईएसआईएस लगायत ११ स्थानीय चरमपन्थी संगठनहरूको प्रतिबन्ध लगाउने तयारी थालिएकाे छ। चाँडै यस सन्दर्भमा राजपत्रमा सूचना जारी गरिनेछ, जसपछि कानुनी रूपमा यी संस्थाहरूमा प्रतिबन्ध लगाउनेछ,' उनले भने।
सन् २०१९ ईस्टरमा भएकाे आत्मघाती आक्रमणपछि श्रीलंकाले स्थानीय जिहादी संगठन नेशनल थोथीथ जमात र अन्य दुई संगठनलाई प्रतिबन्धन लगाएकाे थियाे। उक्त आक्रमणमा ११ भारतीयसहित २७० व्यक्तिको मृत्यु भएको थियो।
यसका साथै आतंकवादी संगठन आईएसआईएससँग सम्बन्धित स्थानीय इस्लामिक मूह राष्ट्रवादी तौहीद जमात (एनटीजे)ले ९ आत्मघाती बम विस्फाेट गरेर ३ गिर्जाघरमा क्षति पुर्याएका थिए।
२०१९ मा तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा गठित विशेष अनुसन्धान समितिले मुस्लिम कट्टरपन्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो।
उक्त प्रतिवेदनले अतिवादी बौद्ध समूह, बीबीएस वा बौद्ध शक्तिको फोर्समाथि प्रतिबन्ध लगाउन भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।