• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

कलाकारलाई के सोच्छौं हामी !

64x64
पुष्पा थपलिया शुक्रबार, चैत २७, २०७७  ०६:३५
1140x725

काठमाडौं- दक्षिण कोरियाले ४ महिनाअघि एक कलाकारको जन्मदिनमा आफ्नो सैनिक कानुन (मिलिटरी ल) नै परिवर्तन गर्‍यो। त्यसको कारण थियो, 'राम्रो गीत गाउने केटो'को सांगीतिक करिअरमा ब्रेक नलागोस्। 

त्यो गीत गाउने 'केटो' थिए, कोरियन पप गीतको ब्याण्ड बीटीएसका किम सियोक जिन। उनलाई स्टेजमा जिन नामले पुकारिन्छ। बिग हिटको अडिसनबाट छानिएका ७ जनामध्ये सबैभन्दा धेरै उमेरका जिन २८ बर्ष लागे। त्यही २८ औं जन्मदिनको अवसरमा उनलाई कोरियन सरकारले मिलिटरी ल परिवर्तन गरेर जन्मदिनको उपहार दियो। त्यो ललाई बिटिएसका फ्यान जो आफूलाई आर्मी भन्छन्, उनीहरुले ‘बिटिएस ल’ को नाम दिएका छन्।

सन् १९९२ डिसेम्बर ४ मा जन्मिएका जिनको २८ औं जन्मदिन अर्थात् २०२० डिसेम्बर ४ को दिन दक्षिण कोरियाको सरकारले एक कलाकारका लागि बषौंदेखिको कानुन परिवर्तन गरेको हो।

उत्तर कोरिया र दक्षिण कोरियाबीच लामो युद्ध चलेको कुरा त धेरैलाई जानकारी नै हुनुपर्छ। १९५३ जुलाईमा यो युद्ध रोकियो, तर यसको आधिकारिक अन्त्यको घोषणा आजसम्म भएको छैन। 

त्यही युद्ध अन्त्यको घोषणा नभएकै कारण दक्षिण कोरियामा एउटा कानुन  बनाइएको छ, जसलाई मिलिटरी लका रुपमा चिनिन्छ। यो कानुन अनुसार १८ वर्षदेखि २८ वर्षको उमेरका हरेक पुरुषले मिलिटरी सर्भिस गर्नैपर्छ। त्यो भनेको कडा सैन्य तालिम हो।

त्यही मिलिटरी सर्भिसमध्ये कुनै एकमा १८ देखि २८ बर्षभित्रमा पुरुषले काम गर्नुपर्ने हुन्छ। मिलिटरी सर्भिस अन्तर्गत आर्मीमा २१ महिना, नेवीमा २३ महिना या वायुसेनामा २४ महिना काम गर्न अनिवार्य गरिएको छ। हरेक स्वस्थ पुरुष युवाले यीमध्ये कुनै एक रोज्न सक्छन्। तर, यसो नगर्ने विकल्प दिइएको छैन। अब भने सरकारको तर्फबाट मेडल पाएका कलाकारका लागि यो कानुनले छुट दिएको छ। बिटीएसका सातै जना कलाकारले यो मेडल पाएकाले यो संशोधनलाई बिटिएस ल नाम दिइएको हो। 

दक्षिण कोरियाले कलाकारको सम्मानमा कानुन परिवर्तन गरेको प्रसंग नेपालमा भने अनौठो लाग्न सक्छ। जस्तो कि लोक दोहोरी गायक बद्री पंगेनी नेपालमा यस्तो कुरा कल्पनाबाहिर रहेको बताउँछन्। उनले राष्ट्रिय सभा सदस्य कोमल ओलीको उदाहरण दिँदै नेपालमा कलाकारको हैसियत नै नभएको बताए।  
पंगेनीले नेपालमा कलाकारलाई राजनीतिक दलले आफू सत्तामा पुग्ने हतियार मात्र बनाएको टिप्पणी गरे। उनको गुनासो छ, कलाकारका आवाज उठाउने बेलामा गीत गाएर अनि नौटंकी गरेर देशको सेवा हुन्छ र भन्छन्।  

गायिकासमेत रहेकी ओलीलाई उनकै पार्टी तत्कालीन नेकपा (हाल एमाले)का नेता रघुजी पन्तले सार्वजनिक समारोहमा अपमानपूर्ण टिप्पणी गरेका थिए। पन्तले भनेका थिए, ‘बिहे नै नगरेर पार्टीलाई समय दिएका महिलाहरु छन् तर तिनले टिकट पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्। कोमल ओली यसो सरक्क सारी सर्काएर, गोरा पिडुँला देखाउँदै पोइला जान पाम् भनेको सांसद त दिने नै भयो।’

Ncell 2
Ncell 2
nimb
nimb

आफूलाई देशको गहना भनेर गर्व गर्ने कोमल ओली अपवाद होइनन्। गीत गाएकै कारण जेल पुगेका हिपअप गायक समिर घिसिङ अर्थात् भिटेन, दुर्गेश थापा लगायत पनि यसको उदाहरण हुन्। यो बेग्लै हो कि उनीहरुका गीत समस्यारहित थिएनन्।

केही कलाकार भने आफूलाई देशको गहना भन्ने नै स्वीकार गर्दैनन्। जस्तो कि नायक तथा चलचित्र निर्देशक खगेन्द्र लामिछाने आफू देखावटी निर्जीव गहना मात्रै बन्न नचाहने बताउँछन्। लामिछानेका अनुसार कलाकार कहिल्यै गहनामा सीमित हुन सक्दैनन्। 

यही कुरामा जोड दिएका थिए, नेपाली काङ्ग्रेसका नेता तथा कार्यक्रम प्रस्तोता विश्वप्रकाश शर्माले। उनले केही समय पहिले फिल्म प्राविधिक संघले आयोजना गरेको अवार्ड कार्यक्रममा कलाकारलाई राष्ट्रका गहना भन्नु गलत भएको बताएका थिए। गहनाको मूल्य हुने तर कलाकार अमूल्य हुने उनको भनाइ थियो। उनले कलाकार गहनाको ठाउँमा गौरव भएको र याे  बहुमूल्य भएको भाषण गर्दा सभामा उपस्थित धेरैले ताली बजाएका थिए।

कला र कलाकारको सम्मानको कुरा बेलामौकामा उठिरहन्छ। यी सबै कुरालाई नजिकबाट नियालिरहेका फिल्म निर्माता, निर्देशक तथा गीतकार यादव खरेल उचित मापदण्ड नभएकै कारण कला र कलाकारको सम्मान हुन नसकेको बताउँछन्। उनका अनुसार पहिले जमिनदारले ल्याप्चे लगाएर किसान ठगेजस्तै अहिले कलाकार ठग्ने चलन छ। विभिन्न डिजिटल माध्यमले कलाकार ठगिरहेको, भ्यूअर्सका आधारमा पारिश्रमिक पाएपछि क्लिक गराउन हद पार गरेकाले नयाँ कलाकार गलत बाटोमा लागेको पनि उनले बताए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसो भन्दैमा सबै कलाकारलाई एकै तुलोमा राखेर जोख्न भने नमिल्ने खरेलको तर्क छ। 'देशले कलाकार राष्ट्रका गहना मात्रै भन्यो तर, त्यसलाई जतन गर्ने, चम्काउने, टल्काउने काम भने गरेन,' उनले भने । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्