• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

कलाकारलाई के सोच्छौं हामी !

64x64
पुष्पा थपलिया शुक्रबार, चैत २७, २०७७  ०६:३५
1140x725

काठमाडौं- दक्षिण कोरियाले ४ महिनाअघि एक कलाकारको जन्मदिनमा आफ्नो सैनिक कानुन (मिलिटरी ल) नै परिवर्तन गर्‍यो। त्यसको कारण थियो, 'राम्रो गीत गाउने केटो'को सांगीतिक करिअरमा ब्रेक नलागोस्। 

त्यो गीत गाउने 'केटो' थिए, कोरियन पप गीतको ब्याण्ड बीटीएसका किम सियोक जिन। उनलाई स्टेजमा जिन नामले पुकारिन्छ। बिग हिटको अडिसनबाट छानिएका ७ जनामध्ये सबैभन्दा धेरै उमेरका जिन २८ बर्ष लागे। त्यही २८ औं जन्मदिनको अवसरमा उनलाई कोरियन सरकारले मिलिटरी ल परिवर्तन गरेर जन्मदिनको उपहार दियो। त्यो ललाई बिटिएसका फ्यान जो आफूलाई आर्मी भन्छन्, उनीहरुले ‘बिटिएस ल’ को नाम दिएका छन्।

सन् १९९२ डिसेम्बर ४ मा जन्मिएका जिनको २८ औं जन्मदिन अर्थात् २०२० डिसेम्बर ४ को दिन दक्षिण कोरियाको सरकारले एक कलाकारका लागि बषौंदेखिको कानुन परिवर्तन गरेको हो।

उत्तर कोरिया र दक्षिण कोरियाबीच लामो युद्ध चलेको कुरा त धेरैलाई जानकारी नै हुनुपर्छ। १९५३ जुलाईमा यो युद्ध रोकियो, तर यसको आधिकारिक अन्त्यको घोषणा आजसम्म भएको छैन। 

त्यही युद्ध अन्त्यको घोषणा नभएकै कारण दक्षिण कोरियामा एउटा कानुन  बनाइएको छ, जसलाई मिलिटरी लका रुपमा चिनिन्छ। यो कानुन अनुसार १८ वर्षदेखि २८ वर्षको उमेरका हरेक पुरुषले मिलिटरी सर्भिस गर्नैपर्छ। त्यो भनेको कडा सैन्य तालिम हो।

त्यही मिलिटरी सर्भिसमध्ये कुनै एकमा १८ देखि २८ बर्षभित्रमा पुरुषले काम गर्नुपर्ने हुन्छ। मिलिटरी सर्भिस अन्तर्गत आर्मीमा २१ महिना, नेवीमा २३ महिना या वायुसेनामा २४ महिना काम गर्न अनिवार्य गरिएको छ। हरेक स्वस्थ पुरुष युवाले यीमध्ये कुनै एक रोज्न सक्छन्। तर, यसो नगर्ने विकल्प दिइएको छैन। अब भने सरकारको तर्फबाट मेडल पाएका कलाकारका लागि यो कानुनले छुट दिएको छ। बिटीएसका सातै जना कलाकारले यो मेडल पाएकाले यो संशोधनलाई बिटिएस ल नाम दिइएको हो। 

दक्षिण कोरियाले कलाकारको सम्मानमा कानुन परिवर्तन गरेको प्रसंग नेपालमा भने अनौठो लाग्न सक्छ। जस्तो कि लोक दोहोरी गायक बद्री पंगेनी नेपालमा यस्तो कुरा कल्पनाबाहिर रहेको बताउँछन्। उनले राष्ट्रिय सभा सदस्य कोमल ओलीको उदाहरण दिँदै नेपालमा कलाकारको हैसियत नै नभएको बताए।  
पंगेनीले नेपालमा कलाकारलाई राजनीतिक दलले आफू सत्तामा पुग्ने हतियार मात्र बनाएको टिप्पणी गरे। उनको गुनासो छ, कलाकारका आवाज उठाउने बेलामा गीत गाएर अनि नौटंकी गरेर देशको सेवा हुन्छ र भन्छन्।  

गायिकासमेत रहेकी ओलीलाई उनकै पार्टी तत्कालीन नेकपा (हाल एमाले)का नेता रघुजी पन्तले सार्वजनिक समारोहमा अपमानपूर्ण टिप्पणी गरेका थिए। पन्तले भनेका थिए, ‘बिहे नै नगरेर पार्टीलाई समय दिएका महिलाहरु छन् तर तिनले टिकट पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्। कोमल ओली यसो सरक्क सारी सर्काएर, गोरा पिडुँला देखाउँदै पोइला जान पाम् भनेको सांसद त दिने नै भयो।’

Ncell 2
Ncell 2

आफूलाई देशको गहना भनेर गर्व गर्ने कोमल ओली अपवाद होइनन्। गीत गाएकै कारण जेल पुगेका हिपअप गायक समिर घिसिङ अर्थात् भिटेन, दुर्गेश थापा लगायत पनि यसको उदाहरण हुन्। यो बेग्लै हो कि उनीहरुका गीत समस्यारहित थिएनन्।

केही कलाकार भने आफूलाई देशको गहना भन्ने नै स्वीकार गर्दैनन्। जस्तो कि नायक तथा चलचित्र निर्देशक खगेन्द्र लामिछाने आफू देखावटी निर्जीव गहना मात्रै बन्न नचाहने बताउँछन्। लामिछानेका अनुसार कलाकार कहिल्यै गहनामा सीमित हुन सक्दैनन्। 

यही कुरामा जोड दिएका थिए, नेपाली काङ्ग्रेसका नेता तथा कार्यक्रम प्रस्तोता विश्वप्रकाश शर्माले। उनले केही समय पहिले फिल्म प्राविधिक संघले आयोजना गरेको अवार्ड कार्यक्रममा कलाकारलाई राष्ट्रका गहना भन्नु गलत भएको बताएका थिए। गहनाको मूल्य हुने तर कलाकार अमूल्य हुने उनको भनाइ थियो। उनले कलाकार गहनाको ठाउँमा गौरव भएको र याे  बहुमूल्य भएको भाषण गर्दा सभामा उपस्थित धेरैले ताली बजाएका थिए।

कला र कलाकारको सम्मानको कुरा बेलामौकामा उठिरहन्छ। यी सबै कुरालाई नजिकबाट नियालिरहेका फिल्म निर्माता, निर्देशक तथा गीतकार यादव खरेल उचित मापदण्ड नभएकै कारण कला र कलाकारको सम्मान हुन नसकेको बताउँछन्। उनका अनुसार पहिले जमिनदारले ल्याप्चे लगाएर किसान ठगेजस्तै अहिले कलाकार ठग्ने चलन छ। विभिन्न डिजिटल माध्यमले कलाकार ठगिरहेको, भ्यूअर्सका आधारमा पारिश्रमिक पाएपछि क्लिक गराउन हद पार गरेकाले नयाँ कलाकार गलत बाटोमा लागेको पनि उनले बताए।  

त्यसो भन्दैमा सबै कलाकारलाई एकै तुलोमा राखेर जोख्न भने नमिल्ने खरेलको तर्क छ। 'देशले कलाकार राष्ट्रका गहना मात्रै भन्यो तर, त्यसलाई जतन गर्ने, चम्काउने, टल्काउने काम भने गरेन,' उनले भने । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन थापाले भने : ‘म भरोसा दिलाउँछु, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिन्छ’ बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्