मिलान- इटालीले एस्ट्राजेनेकाको कोरोना भाइरसवरिुद्धको खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउन सुझाव दिएको छ। एस्ट्राजेनेकाको खोपमा बिभिन्न समस्या आएसँगै इटालीले बेलायतलाई उक्त सुझाव दिएको हो।
एस्ट्राजेनेकाको खोप लगाएका व्यक्तिको मस्तिष्कमा रगत जम्ने लगायतका केही समस्या देखिँदै आएको छ। योभन्दा अगाडि एक दर्जन देशले यो खोप प्रयोग नगर्ने घोषणा गरिसकेका थिए। तर फ्रान्स, नेदरल्याण्ड्स र जर्मनीलगायत केही देशले उमेर सिमा तोकेर खोप लगाउन पुनः सुरु गरेका छन्।
‘यो खोपमा समस्या देखिएको छ। यसैले ६० वर्षभन्दा माथिकालाई यो खोप प्रयोग गर्न दिनुपर्छ भने ३० वर्षभन्दा कम उमेरका व्यक्तिले वैकल्पिक लिनुपर्दछ,’ इटालीका स्वास्थ्य अधिकारीहरुले भनेका छन्।
बेलायतमा एस्ट्राजेनेका कम्पनीद्वारा विकसित कोरोनाविरुद्धको खोप लगाएका ७ जनाको मृत्यु भएको छ। बेलायतका मेडिकल अधिकारीका अनुसार खोप लगाएपछि उनीहरूको टाउकोमा रगत जम्ने समस्या देखिएको थियो।
यता युरोपेली मेडिसिन एजेन्सी (ईएमए) ले अप्रिलको सुरुतिर १६९जनाको मस्तिष्कमा रगत जम्ने समस्या फेला परेको बताएको छ।
गत महिना मार्चमा केही युरोपियन मुलुकले यो खोप प्रयोगमा प्रतिबन्ध लगाएका थिए। तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो खोप पूर्ण सुरक्षित रहेको दावी गर्दै आएको थियो।
इटालीको स्वास्थ्य अधिकारीले यो खोप ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई मात्र प्रयोग गर्न सिफारिस गरेको छ। तर, ६० वर्षभन्दा कम उमेरकाले जसलाई पहिलो एस्ट्राजेनेका डोज लिएका छन् उनीहरूले पनि दोस्रो डोज लिन सक्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।