तेहरान- इरानमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ। गत २४ घण्टमा २२ हजार संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार ९३४ पुगेको हो।
इरानमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा रहेको छ। बिगत २४ घण्टमा थप ११८ जनाको मृत्यु भएको थियो।
‘दुर्भाग्यवस हिजोदेखि ११८ जनाको मृत्यु भयो। योसँगै मृतकको संख्या ६३ हजार ८८४ पुगेको छ,’ स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सदत लारीले भनिन्।
इरानमा कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेसँगै सरकारले बिभिन्न प्रतिबन्ध लगाएको छ। यद्यपि, संक्रमितको संख्या भने बढ्दै गइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इरानका ३१ प्रान्तका अधिकांश स्थान कम जोखिमबाट उच्च जोखिममा पुगेका छन्। तेहरानको ग्रान्ड बजार र अन्य धेरै व्यवसायिक स्थान दुई हप्ताको लागि बन्द गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले इरानीहरूलाई अनावश्यक यात्रा नगर्न र घरमा बस्न आग्रह गरेका छन्।
मार्च २० देखि दुई हप्ता सम्म चलेको इरानी नववर्षको छुट्टीमा सरकारले जारी गरेको प्रोटोकललाई बेवास्ता गरेकाे, अनआवश्यक यात्रा र पारिवारिक जमघट गरेको कारण संक्रमण फैलिएको अधिकारीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।