फाइल तस्वीर
काबुल- अफगानिस्तानकाे उत्तरी कुन्दुज प्रान्तमा २० तालिवानी लडाकू मारिएका छन्। इमाम साहिब जिल्लामा भएको सुरक्षा कारबाहीमा उनीहरुकाे मृत्यु भएकाे हाे।
पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिए। ' घटनामा परी कुल २० तालिवान लडाकूहरु मारिएका छन्। लडाइ अभियान विद्रोहीहरुको सफाइ नगरेसम्म चलिरहन्छ,' उनले भने।
घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा तालिवान लडाकू र सरकारी फैजबीच लडाइ भइरहन्छ। मंगलबार पनि भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको थियाे।
अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार मंगलबार मारिनेमा विआठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिवानी लडाकू थिए।
उक्त घटनमा ३० जना सर्वसाधारण, ३८ जना तालिवानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएका थिए। समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।