काठमाडौं–इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १८० नाघेको सञ्चारमाध्यममा उल्लेख छ। जाकार्ताका सरकारी अधिकारीका अनुसार बाढी र पहिरोमा परी अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन्।
बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले जनाएका छन्।
यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले जनाएको छ। उनका अनुसार इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ।
इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराइरहेको उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।