काठमाडाैं- मोडल तथा समाजसेवी खुस्बु ओली एक व्यक्तिसँगको लेनदेन (चेक वाउन्स) सम्बन्धी मुद्दामा आफूलाई सुनुवाइको मौका नै नदिएकाे भन्दै सर्वोच्च अदालत पुगेकी छन्।
ओलीलाई जिल्ला अदालत काठमाडौंले चेक वाउन्समा दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो। जिल्ला न्यायाधीश श्री कृष्णप्रसाद भट्टराईको इजलासले उनलाई २०७६ जेठ ८ गते दोषी ठहर गरेको थियो।
आफू र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको दावी गर्दै उनले अदालतमा भएको सुुनुवाइमा आफूले सुनुवाइको मौका नै नपाएको दावी रिटमा गरेकी छन्।
३६ लाख नतिरेपछि मोडल खुस्बु ओलीलाई २ वर्ष कैद
ओलीले दायर गरेको रिटमा बिहीबार पेशी तोकिएको थियो। न्यायाधीशहरु दिपककुमार कार्की र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी रहेको छ। ११ नम्वरमा पेसी रहेको ओलीको मुद्दा पालो नआउने देखिएको छ।
ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले २०७५ सालमा मुद्दा दायर गरेका थिए।
ओली सन् २०००मा मिस टिन भएकी थिइन्। त्यसयता उनी मोडलिङ र समाजसेवामा सक्रिय हुँदै आएकी छन्। उनी अपाङ्गता भएका बालवालिकाको क्षेत्रमा काम गर्दै आएकी छन्। तर, अदालतको फैसला आएको भोलिपल्ट खुस्बुले प्रेस रिलिज जारी गर्दै गोपाल कुटुवाललाई आफूले दिएको चेक नसाटिएपछि तत्काल बैंकमा पुगेर हिसाबकिताब र फरफारक गरेको दावी गरेकी छिन्।
कटुवालले २०७३ सालमा ओलीलाई ३६ लाख रुपैयाँ सापटी दिएको र पटक पटक फिर्ता माग्दा नदिई चेक दिएको तर उक्त रकम पनि सटही नभएको दावी गरेका थिए।
उक्त सापटी फिर्ता गर्न ओलीले दिएको कुमारी बैंक न्युरोड शाखाको चेक साट्न जाँदा पैसा नभएको कटुवालको जिकिर थियो। लगातार चेकसाट्न जाँदा पनि पैसा नभएपछि कटुवालले २०७६ साउन २९ गते अदालतमा मुद्दा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।