काठमाडौं–बिहीबार सुनको मूल्य १ हजार रुपैयाँले उकालो लागेको छ।
अघिल्लो दिन ८८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनसँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको जनाएको छ।
बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।