तस्बिर सागर न्याैपानेकाे फेसबुकबाट
काठमाडौं– नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न मतगणना अनुसार न्यौपाने नेतृत्वको गठबन्धन प्यानलले जित हात पारेको हो।
ललितपुर शाखाको उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राईले जित हात पारेका छन्। त्यस्तै, कोषाध्यक्षमा राजु बस्नेत विजयी बनेका छन्।
सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी भएको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।