बर्लिन- जर्मन चान्सलर एन्जेला मर्केलले देशमा कडा लकडाउन गर्ने विचार गरिरहेको बताएकी छिन्। पार्टीका अध्यक्ष आर्मिन लास्चेतले कोरोना संक्रमण नियन्त्रणबाहिर जान नदिन लकडाउन घोषणा गर्न आग्रह गरेको भोलीपल्टै मार्केल उनको भनाइको समर्थन जनाएकी हुन्।
जर्मनमा कोरोना संक्रमणको तेस्रो लहर सुरुभएसँगै स्वास्थ्य अधिकारीहरुले दुईदेखि तीन हप्ता लकडाउन गर्न सुझाएका छन्। ‘लकडाउन गर्नुपर्छ भन्ने कुरा सहि छ। यहाँका नागरिकले हेलचक्र्याईं गर्दा संक्रमण फैलिएको छ,’ सरकारका प्रवक्ता उल्रिके डेम्मरले भनिन्।
जर्मीनमा हालसम्म तीन लाखभन्दा बढीमा कोरोनदा संक्रमण भएको छ। यस्तै ७७ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ‘हामी प्रतिदिन १०० भन्दा कम संक्रमित फोला परोस् भन्ने चहान्छौं,’ उनले भनिन्,‘सात दिन मै १ लाख कोरोना संक्रमित फेला परेका छन्।’
उनले सरकारले क्षेत्रीयभन्दा राष्ट्रव्यापी उपायहरु चाल्न पर्नेसमेत बताइन्। ‘क्रेन्द्रीय सरकारले लागू गरेको नियमहरु क्षेत्रीय सरकारले पालना गरेको छैन। केही राज्यहरूले ईस्टरमा रातको समयमा कर्फ्यू लगाए, अरूले केही प्रतिबन्धहरू खुकुलो पारेका थिए,’ उनले भनिन्।
जर्मनीमा बुधबार ९ हजार ६ सय ७७ कोरोना संक्रमित फेला परेका थिए। योसँगै कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ। हालसम्म ७७ हजार १ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।