काठमाडाैं- काठमाडाैं विश्वविद्यालयमा भैतिक उपस्थितिमा पठनपाठन नहुने भएकाे छ।
बुधबार सूचना जारी गर्दै काठमाडाैं विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण पुनः बढेकोले बिहीबारदेखि आगामी वैशाख मसान्तसम्म अनलाइनमार्फत पठनपाठन गराउने जनाएको हाे।
‘विश्वव्यापी रुपमा पुनः फैलिएको कोरोना महामारी कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भइ भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकोले यस असहज परिस्थितिमा क्षति न्युनिकरण गर्दै लाने उद्देश्यले मिति २०७७ चैत्र २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म यस विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरुको पठनपाठन अनलाइनमार्फत गर्ने निर्णय गरिएकाे छ,’ सूचनामा भनिएको छ.
यद्यपि,स्कुल तथा विभागीय प्रशासनहरु भने सुचारु नै हुने जनाइएकाे छ। यता अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।