अद्दिस अबाबा- इथियोपियाकाे अफार र सोमाली प्रान्तबीच भएकाे झडपमा परी एक सयभन्दा बढीकाे मृत्यु भएको छ। विवादित भूमिकाे विषयलाई लिएर दुई प्रान्तबीच झडप भएकाे हाे।
गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला रहेका छन्। सोमाली प्रान्तको फौजले पहिला आक्रमण गरेकाे अफार क्षेत्रका प्रहरी कमिश्नर अहमद हुमेदले रोयटर्सलाई बताए। उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो दाबी गर्दै आएको भूमिमा भएको हो।
शुक्रबार उक्त द्वन्द्वको क्रममा २५ जनाको मृत्यु भएको थियाे। मंगलबार पनि अफार सेनाले गरेको आक्रमणमा धेरै नागरिककाे ज्यान गएकाे सोमाली प्रान्तका प्रवक्ता अली बेदेलले जानकारी दिए। दुवै प्रान्तले आफूले पहिला आक्रमण गरेको अस्वीकार गर्दै एकअर्कालाई आरोप लगाउँदै आएका छन्।
अफार प्रान्तका अहमद कालोयटले सोमालीको विशेष प्रहरी र लडाकूहरुले खानतलासी गर्दै स्थानीयहरुमाथि अन्धाधुन्ध गोली चलाएको आराेप लगाएका छन्। यो क्रममा अफारका ३० जनाको मृत्यु भएको थियो भने कम्तीमा ५० भन्दा धेरै घाइते भएका थिए।
आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तका बासिन्दाबीच हिंसा भड्किएको हो। इथियोपियाको टिग्रेमा पनि केही समयअघिदेखि सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ।
सीमापारको झडपले उत्तरमा छ महिना लामो द्वन्द्वको पूर्वानुमान गरिएकाे छ। जसले संघीय सरकारलाई टिग्रे क्षेत्रको पूर्व सत्तारूढ पार्टीविरुद्द खडा गरेको छ।प्रधानमन्त्री अबी अहमदको सरकारले टिग्रेमा नियन्त्रण गर्ने कोशिश गरिरहेको छ।
सन् २०१४ मा दुई राज्यबीचको सीमा संघीय सरकारले निर्धारण गरेकाे थियाे। त्याे बेला बहुजातीय शासकीय गठबन्धन इथियोपियाली जनताको क्रान्तिकारी लोकतान्त्रिक मोर्चा (ईपीआरडीएफ) को नेतृत्वमा थियो। तीनवटा साना शहरहरू अफारमा सोमालीबाट स्थानान्तरण गरियो, जुन पछि फिर्ता गर्ने काेशिश गरिरहेका छन्।
परिणाम स्वरूप दुई पूर्वी राज्यका सेनाहरू विवादित सीमालाई लिएर झगडा गरिरहेका छन्। गत वर्षको अक्टोबरमा सीमामा भएकाे झडपमा २७ जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।