काठमाडौं–अमेरिकाका सबै वयस्क नागरिकले आगामी अप्रिल १९ देखि कोरोना विरुद्धको खोप पाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन्।
मंगलबार अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानको भ्रमणपछि उनले उक्त घोषणा गरेको समाचारहरुमा उल्लेख छ।
यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए।
उनका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ।
यहाँ खोप लगाउन सुरु गरिएको १ सय दिनभित्र २० करोड खोप दिइसक्ने लक्ष्य लिइएको थियो ।
राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गर्नुभएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।