काठमाडौ– बुधबार पनि नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ।
मंगलबार ८७ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ८८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुन आज प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।