काठमाडौं–नेपाल पत्रकार महासंघको सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदै छ।
पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।
महासंघमा हाल १३ हजार १२२ सदस्य रहेका छन्। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ।
केही शाखा र प्रतिष्ठानमा यसअघि नै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आजमात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२को उम्मेदवारी परेको छ। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल, निर्मला शर्मा तथा गजेन्द्रसिंह बुढाथोकीको उम्मेद्वारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।