कराची- पाकिस्तान सरकारले काेराेना भाइरसविरुद्धकाे खाेपकाे मूल्य ताेकेकाे छ। आइतबारबाट खाेप अभियान शुरु भएकाे पाकिस्तानमा काेराेनाविरुद्धकाे खाेपकाे मूल्य १२ हजार पाकिस्तानी रुपैयाँ अर्थात ८ डलर (९ हजार २८० नेपाली) ताेकिएकाे हाे।
पाकिस्तान सरकारलाई रुसले सहयाेगस्वरुप स्पुतनिक भि खाेप दिएकाे छ। याे खाेपकाे दुई डाेज लिए बापत्त सरकारलाई १२ हजार बुझाउन पर्नेछ।
स्थानिय स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार खाेप अभियान सुरु गर्नुपूर्व नै त्यहाँकाे लागि छुट्टाइएकाे सम्पूर्ण खाेज बिक्री भइसकेका थिए। यद्यपि, खाेप लगाउन ३ घण्टा लाइनमा बस्नुपरेकाे थियाे।
कराचीको एक निजी क्षेत्रको अस्पतालमा खाेप लगाएकी ३४ वर्षीया साद अहमदले बाध्यताले काेराेनाविरुद्धकाे खाेप लगाउनुपरेकाे बताइन्।
'खाेप लगाउँन पाउँदा म धेरै खुसी छु, विदेश यात्राको लागि याे आवश्यक थियाे,' उनले भने। पाकिस्तानमा नि:शुल्क खाेप पनि दिइँदै आएकाे छ। यद्यपि, याे खाेप अभियान धेरै सुस्त छ।
पाकिस्तानमा खाेप आयात गर्ने र बिक्री गर्नेमा पनि विवाद कायमै रहेकाे छ। सरकार र आयातकर्ताहरुले अझै पनि एकै मूल्य निर्धारण गर्न नसकेकाे समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ।
एउटा औषधी कम्पनीले स्पुतनिक भिको ५० हजार डोज आयात गरिसकेको छ। तर, सरकारलाई मूल्य निर्धारण नभएसम्म नबेच्न अदालतले अन्तरिम आदेश दिएकाे छ।
पाकिस्तानमा एकै दिन ३५ सय ३८ सम्म काेराेना संक्रमित फेला परेका छन्। हाल पाकिस्तानमा ६ लाख ९६ हजार संक्रमित फेला परिसकेका छन्। जसमध्ये ६ लाख १८ हजार निकाे भइसकेका छन्। यस्तै १४ हजार ९ सय २४ जनाकाेे मृत्यु भइसकेकाे छ।
(१ डलर = ११६ रुपैयाँ मानिएकाे छ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।