टिब्लिसी- जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोना संक्रमण भएकाे छ। मंगलबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे हाे।
उनी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्। उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिरहेकाे टाइम्स अप इन्डियाले जनाएकाे छ।
जर्जियामा आज मात्रै ८९७ जना कोरोना संक्रमित फेला परेका छन्। योसँगै जर्जियामा काेराेना संक्रमितकाे संख्या दुई लाख ८४ हजार ९५८ पुगेकाे छ।
यस्तै संक्रमणकाे कारण ३८ सय ३२ जनाकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।