जेरुसेलम- इजरायली सैनिकले एक प्यालेस्टाइनीलाई गोली हानी हत्या गरेका छन्।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार ४२ वर्षीय ओसामा मन्सुरलाई मंगलबार गाेली हानिएकाे हाे। घटनामा उनकी श्रीमती ३५ वर्षीया सुमाया मन्सूर घाइते भएकाे बताइएकाे छ।
‘पश्चिमी क्षेत्रमा रहेकाे वेस्ट बैंक उनीहरुले विवाद गरेका थिए। त्यसपछि विवादले उग्र रुप लिएपछि उनीमाथि गाेली प्रहार गरिएकाे हाे,’ प्रहरीले भनेकाे छ।
‘उनीहरूले हामीलाई गाडी रोक्न भने र हामीले रोक्यौं। त्यसपछि उनीहरूले हामीलाई चेक गरे र हामीलाई जान भने, हामीले कार अगाडि बढ्यौं र सेनाले हामीमाथि गाेली हान्न शुरू गरे,’ सुमायाले भनिन्।
उनीहरु बस्ने बिद्दु गाउँका मेयर सालेम ईदले प्यालेस्टाइनले उक्त घटनाकाे मुद्दा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उठाउने चेतावनी दिएका छन्।
यता इजरायली सेनाले भने आफुलाई चेतनावनी दिएकाे कारण गाेली चलाउन परेकाे बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।