दिमा हसाओ- भारतको विधानसभा निर्वाचनमा धाँधली भएको छ। आसामकाे दिमा हसाओ जिल्लाको हाफलङमास्थित एउटा मतदान केन्द्रमा मतदाताभन्दा झन्डै दुई गुणा बढी मत खसेकाे टाइम्स अफ इन्डियाले जनाएकाे छ।
आसामको विधानसभा निर्वाचनमा गत अप्रिल एक तारिखमा भएको मतदानमा ९० मतदाता थिए। तर मतदान केन्द्रमा १८१ मत खसेको बताइएको छ।
चुनावमा बढी मत खसेसँगै त्यहाँको निर्वाचन आयोगले पाँच निर्वाचन अधिकारीलाई निलम्बन गरेको छ। उनीहरुले दुईपटक मतदान गर्न दिएकाे आराेप स्वीकार गरेका छन्।
हाफलङमा मुख्य र सहायक मतदान केन्द्रहरूमा पुन: मतदान गर्ने आदेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।