जार्कात- इन्डोनेसिया र इस्ट टिमोरमा गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५४ भन्दा नाघेकाे छ। इन्डोनेसियामा १३० र इस्ट टिमोर ३४ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले मंगलबार बिहान बताएका हुन्।
बाढीपहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन्। बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले बताएका छन्। इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको छ।
इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका छन्। बाढीपहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ। आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारका भवनहरू बगाएको छ।
वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ। गत जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको मृत्यु भएको थियो।
त्यसैगरी गत सेप्टेम्बरमा बोर्नेओ सहरमा आएको पहिरोमा परी ११ व्यक्तिको मृत्यु भएको थियो। इन्डोनेसियाका आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।