काठमाडौं–नाइजेरियाको दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलबाट १८ सयभन्दा बढी कैदी भागेका छन्। जेल प्रशासनको प्रशासनिक भवनमा हतियारधारीको आक्रमणपछि १ हजार ८ सय ४४ जना कैदी भागेको सञ्चारमाध्ययमा उल्लेख छ।
सोमबार ओवेरी जेलमा हतियारधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए। मेसिन गन, ग्रिनेड र विस्फोटक पदार्थसहित आक्रमण भएको त्यहाँको प्रहरीले बताएको छ।
नाइजेरियाको दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलबाट कैदी भागेका हुन्। जेलमा भएकामध्ये ३५ जना कैदी नभागेको ६ दजना फर्किएर आएको बताइएको छ।
प्रतिबन्धित समूह इन्डिजिनियस पिपल अफ बाइअफ्राले आक्रमण गरी कैदी भगाएको आरोप लगाइएको छ। बाइअफ्राले भने जेल आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।