काठमाडौं– इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सय नाघेको सरकारी अधिकारीहरुले जनाएका छन्। बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ।
बाढीबाट इन्डोनेसिया र इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामात्र ८६ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्तालाई उद्धृत गर्दै सञ्चारमाध्यमले बताएका छन्।
इस्ट टिमोरको राजधानी दिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ।
बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ। त्यस्तै बाढी र पहिरोमा परी दर्जनौ व्यक्ति बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।